Logo

कर्पोरेट-बजार

१५ करोड घाटामा सिटी होटल


GDP नेपाल
   ३१ बैशाख २०८१, सोमबार


काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म सिटी होटल लिमिटेडेले १५ करोड ३७ लाख रुपैयाँ खुद नोक्सानी बेहोरेको छ ।

गत वर्षको यसै अवधिमा कम्पनी २१ करोड ६१ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको थियो ।

कम्पनीको कुल आम्दानी करिब २३ प्रतिशत बढेको छ भने कुल खर्च पनि करिब १८ प्रतिशत बढी भएको छ । हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँ छ ।

अदर इक्वीटी भने ९ करोड ४३ लाख रुपैयाँभन्दा बढी ऋणात्मक छ । वार्षिक १२ रुपैयाँ २४ पैसा प्रतिशेयर नोक्सानीमा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने ९४ रुपैयाँ ३६ पैसा छ ।

९ महिनामा कम्पनीले ४२ करोड ७ लाख रुपैयाँभन्दा बढी कुल खर्च गरेका छ भने २८ करोड २२ लाख रुपैयाँभन्दा बढी कुल खर्च गरेको छ । कम्पनीको वित्तीय खर्च भने यस वर्ष ३ प्रतिशतभन्दा बढीले घटेको छ ।

प्रकाशित : ३१ बैशाख २०८१, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह