काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा आएको छ । कम्पनीले संस्थापक सेयरधनीहरुको नाममा रहेको २५ लाख ८४ हजार ६२५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।
यस सेयर खरिद गर्न इच्छुक विद्यमान अन्य संस्थापक सेयरधनीले ३५ दिन भित्र कम्पनीको केन्द्रीय कार्यालय, कमलादी, काठमाडौंमा के कति सेयर खरिद गर्ने सोको व्यहोरा खुलाइ आवेदन दिनु पर्नेछ ।
तोकिएको समयमा संस्थापक सेयरधनीले सेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया