Logo

कर्पोरेट-बजार

कारबाहीमा परेपछि पदाधिकारीविरुद्ध भ्रम फैलाउँदै गुप्ता, हल्लाको पछि नलाग्न संघको आग्रह


GDP नेपाल
   ५ जेष्ठ २०८१, शनिबार


काठमाडौँ । पदीय मर्यादा र संस्थाको विधानविपरीत गतिविधि र अभिव्यक्तिका कारण कारबाहीमा परेपछि नरेन्द्रकुमार गुप्ताले संघका पदाधिकारी, पूर्वपदाधिकारी र व्यवसायीविरुद्ध भ्रामक हल्ला फैलाउन थालेको नेपाल रत्न तथा आभूषण संघले जनाएको छ ।

संघले एक विज्ञप्ति जारी गर्दै गुप्ताको भ्रामक प्रचारवाजीबाट भ्रमित नहुन पनि सर्वसाधारण र सरोकारावालालाई आग्रह गरेको छ ।

यस्तै, संघले व्यवसायी र संघका पदाधिकारीविरुद्ध भ्रम फैलाउने काम जारी राखे त्यसविरुद्ध कानूनी उपचारमा जाने तथा त्यस्ता व्यक्तिलाई उनीहरूको व्यावसायिक प्रतिष्ठानबाट प्रचलित कानूनको परिपालना भए नभएको विषयमा संस्थागत रूपमै अनुसन्धान गरी सम्पूर्ण सत्यतथ्य बाहिर ल्याउने चेतावनी समेत दिएको छ ।

संघमा वरिष्ठ उपाध्यक्ष रहनुभएका गुप्ताले पदीय मर्यादाविपरीत संघका पदाधिकारीविरुद्ध गम्भीर आरोप लगाउन थालेपछि संघले २०८० फागुन २३ गते उहाँसँग स्पष्टीकरण मागेको थियो । गुप्ताले २०८० चैत ८ गते स्पष्टीकरण दिनुभयो । स्पष्टीकरणमा उहाँले पदाधिकारीविरुद्ध लगाएका गम्भीर आरोप पुष्टि गर्ने कुनै प्रमाण प्रस्तुत गर्न नसकेपछि मिति २०८० चैत २२ गते सम्पन्न संघको कार्यसमिति बैठकले उहाँलाई वरिष्ठ उपाध्यक्ष र साधारण सदस्यबाट समेत निष्कासन गर्ने निर्णय गर्‍यो। आफूलाई समर्थन गर्ने हजारौं व्यवसायी रहेको दाबी गर्ने उहाँलाई बर्खास्त गर्ने संघको निर्णयप्रति एकजनाबाट पनि असन्तुष्टि प्रकट भएको छैन । यसबाट पनि उहाँले लगाउने गरेका आरोप हल्का र आधारहीन छन् भन्ने प्रस्ट हुन्छ । ‘उहाँमाथि अन्याय भएको र उहाँले लगाउनुभएका आरोप सत्य भए उहाँसँगै अरुले पनि आवाज उठाउनुपर्ने होइन र ? ’ जारी विज्ञप्तिमा भनिएको छ ।

 

प्रकाशित : ५ जेष्ठ २०८१, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह