Logo

कर्पोरेट-बजार

कृषिको विकास र खाद्य सुरक्षाका लागि इजरेलसँग चेम्बरको सहकार्य


GDP नेपाल
   १५ जेष्ठ २०८१, मंगलबार


काठमाडौँ । नेपाल चेम्बर अफ कमर्स र इजरेल एसिया चेम्बर अफ कमर्सबीच आर्थिक तथा व्यापारिक सहकार्यको सम्झौता भएको छ । व्यापारिक सूचना तथा अनुभव आदान प्रदान, व्यवसायिक प्रतिनिधीबीचको भ्रमण सहजीकरण, कृषि विकास प्रर्वद्धन लगायत १० विषयमा सहकार्यको सम्झौता भएको हो ।

सम्झौतापत्रमा चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल र र इजरेल एसिया चेम्बर अफ कमर्सका अध्यक्ष अनत बर्सन्टेन रेचले हस्ताक्षर गरे । नेपाल इजरेल चेम्बरबीच भएको सम्झौता अनुसार आफ्ना सदस्यहरुको हित अनुकुल हुने गरी व्यापार तथा लगानी सम्वन्धी कानुन र नियमहरुको जानकारी उपलब्ध गराउने उल्लेख छ । यस्तै मैत्रीपुर्ण सम्वन्ध विस्तार एवं व्यापार सहजीकरणका लागि मध्यस्थता गर्ने सम्वन्धमा समेत सहकार्यको सम्झौता भएको छ ।

चेम्बरद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाल चेम्बर र इजरेल चेम्बरबीच व्यापार एवं प्रर्दशनी, सूचना प्रविधिमा सहकार्य एवं व्यापर विस्तारका लागि सहकार्य गर्ने,।’

कृषिको विकास र खाद्य सुरक्षामा सहकार्यको विषयमा पनि सम्झौतामा उल्लेख छ । सम्झौतामा भनिएको छ, ‘कृषिको विकास प्रर्वद्धन पारस्परिक हितलाई मान्यता दिएर खाद्य सुरक्षामा सहकार्य गरिनेछ, । ’

यस्तै नेपाल र इजरेलका उद्योग एवं वाणिज्य क्षेत्रका प्रतिनिधीले एक अर्कोका देशमा गर्ने व्यवसायिक भ्रमण, लगानी अभिवृद्धि गर्ने विषयमा पनि सहमति भएको छ । वैदेशिक व्यापार र औद्योगिक उत्पादन क्ष्ँेत्रमा भएका अध्ययन अनुसन्धानको आदानप्रदान गर्न दुवै देशका चेम्बरबीच सहमति भएको हो ।

प्रकाशित : १५ जेष्ठ २०८१, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह