Logo

कर्पोरेट-बजार

सरकारको नीतिले ३६ अर्ब लगानीका उद्योग डुब्ने निश्चित: फलामे छड उत्पादक संघ


GDP नेपाल
   १६ जेष्ठ २०८१, बुधबार


काठमाडौँ । नेपाल फलामे छड उत्पादक संघले आगामी आर्थिक वर्षको बजेटले मेल्टिङ प्लान्टलाई धरासायी बनाउने काम गरेको बताएको छ ।

संघले मेल्टिङ उद्योगलाई भन्सार महसुल १ प्रतिशतबाट बढाएर २.५ प्रतिशत बनाउने सरकारको नीतिले थप समस्यामा पारेको बताएको हो ।

कच्चापदार्थ आयात गर्दै स्वदेशमा ५० प्रतिशत भ्यालु एडिसन गर्ने उद्योगलाई धरासायी बनाउँदै १२ प्रतिशत भन्दा कम भ्यालु एडिसन गर्ने उद्योगलाई पोस्न राज्यले नीति परिवर्तन गरेको संघलेको आरोप छ ।

त्यस्तै, स्पन्ज आइरनमा कम्तिमा एक तह अर्थात ५ प्रतिशत फरक भन्सार लगाउन माग गर्दै संघले सो माग पुरा नभए सबै उद्योग बन्द हुने चेतावनी दिएको छ । 

“३६ अर्ब लगानी डुब्ने निश्चित रहेको छ । हामी उद्योगको ताला चाँबी सरकारलाई बुझाउन तयार छौं,” संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

 

प्रकाशित : १६ जेष्ठ २०८१, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह