Logo

कर्पोरेट-बजार

आगामी आवको बजेट निजी क्षेत्रका लागि उत्साहपर्दक र सकारात्मक: उद्योग तथा व्यवसायी महासंघ


GDP नेपाल
   १६ जेष्ठ २०८१, बुधबार


काठमाडौँ । नेपाल उद्योग तथा व्यवसायी महासंघले आगामी आर्थिक वर्षको बजेट निजी क्षेत्रका लागि उत्साहपर्दक र सकारात्मक भएको बताएको छ ।

बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै महासंघले केही सुझाव सहित आगामी आर्थिक वर्षको बजेट समग्रमा सकारात्मक रहेको बताएको हो ।

संघले बजेटमा १ अर्बको स्टार्टअप कोष खडा गर्ने र स्टार्टअप आय बोर्डको गठन, कृषि क्षेत्रमा लगानी हिमालयन वाटर, अलैंची निर्यात प्रव्रद्धन, विज्ञान तथा प्रविधि दशक, गण्डकी, लुम्बिनी आर्थिक त्रिभुज परियोजना समृद्धिको लागि कर्णाली योजना लगाएत औद्योगिक विकास उद्यमशिलताका लागि गरिएको बजेट विनियोजन उत्साहजनक रहेको जनाएको छ ।

यस्तै, तराई, मधेष समृद्धि कार्यक्रम, आगामी वर्षलाई महिला लगानी वर्ष महिला उद्यमी समुन्नती कार्यक्रम, पर्यटन प्रवर्द्धनमा बिभिन्न योजना, पर्यटकको लागि ई भिसा तयारी र पर्यटन प्रवर्द्धनलाई आर्थिक कुटनिति लागु गरिने जस्ता राम्रा कार्यक्रम आएको बताएको छ ।

समग्रमा बजेट उत्साहजन भएपनि श्रोत व्यवस्थापनमा आन्तरिक ऋणलाई कम गरी निजी क्षेत्रलाई चलायमान गराउन, पुँजीगत खर्चको मात्रामा कम्तीमा पनि वित्त व्यवस्थापन खर्चभन्दा बढी राख्ने, मजदुरलाई उत्पादनमा उत्साहपूर्वक सहभागी गराई उत्पादकत्व बृद्धि गर्न तलव बृद्धि गर्दा आर्थिक मन्दीबाट मुलुकलाई बाहिर निकाल्न र ६ प्रतिशतको आर्थिक बृद्धिलाई सजिलै लक्ष्य प्राप्तिको दिशामा लान सकिने महासंघले सुझाव दिएको छ ।

प्रकाशित : १६ जेष्ठ २०८१, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह