Logo

कर्पोरेट-बजार

एकैदिन २३ सय रुपैयाँले बढ्यो सुनको मूल्य


GDP नेपाल
   १७ जेष्ठ २०८१, बिहिबार


काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य २३ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला २३ सय रुपैयाँले बढेर १ लाख ४० हजार ५०० रुपैयाँमा कारोबार भइहरेको छ । त्यस्तै, जावी सुनको मूल्य प्रतितोला एक लाख ३९ हजार ८०० रुपैयाँ कायम भएको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य भने तोलामा ३० रुपैयाँले घटेर १९ सय रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको भाउ प्रतितोला १९ सय ३० रुपैयाँमा किनबेच भएको थियो ।

प्रकाशित : १७ जेष्ठ २०८१, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह