काठमाडौँ । गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सले ललितपुर महानगरपालिका वडा नं.२२ मा अवस्थित श्री क्लार्क मेमोरियल हिमालय प्राइमरी स्कूलमा अध्ययनरत विद्यार्थीहरुको शैक्षिक गुणस्तर अभिबृद्धिका लागि स्कूल ब्याग वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
फाइनान्सले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय शिक्षा तथा सचेतना अभिबृद्धि कार्यक्रममार्फत सो कार्यक्रमको आयोजना गरेको हो ।
उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक यज्ञरत्न शाक्य, फाइनान्सका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारी, सहायक महाप्रबन्धक अर्चना प्रधान, मुख्य प्रबन्धक शिल्पा प्रधानाङ्ग तथा अन्य कर्मचारी तथा सो विद्यालयका शिक्षक शिक्षिकाहरु र विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
विगत देखिनै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सामाजिक कार्य गर्दै आईरहेकोे यस फाइनान्सले आगामी दिनहरुमा हयोग कार्यलाई निरन्तरता दिने बताएको छ ।
हाल संस्थाले मुलुकभर २३ वटा शाखा कार्यालयहरु, ४ वटा विस्तारित काउण्टरहरुबाट सेवा प्रदान गर्दै आईरहेको छ । संस्थाले ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गरी ए।टि।एम सेवा, मोबाइल बैकिङ्ग सेवाहरु जस्ता आधुनिक बैकिङ्ग सेवाहरु समेत प्रदान गर्दै आईरहेको छ ।
प्रतिक्रिया