Logo

कर्पोरेट-बजार

काभ्रे उद्योग वाणिज्य संघको अध्यक्षमा प्रताप वैद्य निर्वाचित


GDP नेपाल
   २० जेष्ठ २०८१, आइतबार


काठमाडौँ । काभ्रे उद्योग वाणिज्य संघको अध्यक्षमा प्रताप वैद्य निवार्चित भएका छन् । शनिबार भएको काभ्रे उद्योग वाणिज्य संघको ४२ औं अधिवेशनबाट अध्यक्ष पदमा वैद्य निर्वाचित भएका हुन् ।

उनले ४ सय ८७ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी राजन मानन्धरले ४ सय ५७ मत र बसन्त नारायण भोछिभोया १ सय १७ मत पाएका छन् ।

त्यस्तै, वरिष्ठ उपाध्यक्षमा रविन्द्र वैदार ६ सय ४३ मतका साथ विजयी भएका छन् भने उपाध्यक्षमा उमेश रत्न शाक्य र सुरेस भक्त भोछिभोया विजयी भएका छन् ।

महासचिवमा ५ सय ६९ मतका साथ रजित पलाञ्चोके निर्वाचित भएका छन् । त्यस्तै संघको कोषाध्यक्षमा मानकाजी प्रधान विजयी भएका छन् । उनले ५ सय २४ मत पाएका छन् । त्यसैगरी मुख्य संयोजकमा विज्ञान धौगोडा, सचिवमा ५ सय ७८ मतका साथ कृष्णलाल श्रेष्ठ निर्वाचित भएका छन् ।

त्यसैगरी सह सचिवमा रामकुमार श्रेष्ठ , सह कोषाध्यक्षमा श्याम कुमार भालु (मुनाल) निर्वाचित भएका छन् भने सह मुख्य संयोजकमा रवि तौजले विजयी भएका छन् ।

प्रकाशित : २० जेष्ठ २०८१, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह