काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको अध्यक्षमा विश्रुत थापा चयन भएका छन् ।
क्लियरिङ्ग हाउसले आफ्नो २४६औँ सञ्चालक समितिको बैठकबाट थापालाई सर्व–सम्मत रूपमा अध्यक्ष पदमा चयन गरेको हो । उनले डेप्युटी गभर्नर बमबहादुर मिश्रबाट अध्यक्ष पदको शपथ ग्रहण गरेका छन् ।
नेपाल राष्ट्र बैंक भित्र हालै भएको विभिन्न विभागीय परिवर्तन पश्चात् नेपाल क्लियरिङ्ग हाउसमा गरिँदै आएको प्रतिनिधित्व समेत परिवर्तन भएको हो । विश्रुत थापाको केन्द्रीय बैंकको विभिन्न विभागमा २१ वर्षभन्दा बढी काम गरेको अनुभव रहेको छ । उनी चार्टर्ड एकाउन्टेन्ट हुन् ।
नेपाल क्लियरिङ्ग हाउसको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंक, वाणिज्य बैंक, विकास बैंक तथा वित्तीय कम्पनीबाट प्रतिनिधि रहेका छन् ।
एनसीएचएल नेपालमा राष्ट्रिय भुक्तानी प्रणालीहरू स्थापना गर्न नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरूद्वारा प्रवर्द्धित कम्पनी हो ।
प्रतिक्रिया