काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)को अध्यक्षमा कुमारमणि थपलिया चयन भएका छन् ।
थपलिया नाट्टाको ५७ औं वार्षिक साधारण सभाबाट आगामी २ वर्षका लागि अध्यक्ष चयन भएका हुन् ।
त्यस्तै, वरिष्ठ उपाध्यक्षमा जिस्वा तुलाधर, उपाध्यक्षमा घनश्याम घिमिरे, महासचिवमा युबिका भन्डारी, सचिबमा विष्णु पान्डे, कोषाध्यक्षमा सुरेश अम्गाईं र सहकोषाध्यक्षमा ढकनाथ काफ्ले चयन भएका छन् ।
सदस्यहरु सुदर्शन पौडेल, श्रदा जोशी, विदुर खतिवडा, कृष्णप्रसाद ढकाल, रामशोभित नायक , बिजय रिजाल, रमा प्याकुरेल, कृष्ण ढकाल रुपन्देही रहेका छन् ।
प्रतिक्रिया