Logo

कर्पोरेट-बजार

नेपाल इन्टरनेशनल टुरिजम एक्स्पोको तयारी पूरा


GDP नेपाल
   ३१ जेष्ठ २०८१, बिहिबार


काठमाडौं । यही जेठ ३२ र असार १ गते सञ्चालन हुने नेपाल इन्टरनेशनल टुरिज्म एक्स्पोको सम्पूर्ण तयारी पूरा भएको छ ।

विहीबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै भृकुटीमण्डपको प्रदर्शनी हलमा आयोजना हुन गइरहको नेपाल इन्टरनेसनम टुरिजम एक्स्पोको तयारी पूरा भएको जानकारी गराइएको हो ।

नेपालको पर्यटन अन्तराष्ट्रिय बजारमा प्रर्द्धन गर्ने उद्देश्यले समिट इभेन्ट्स एन्ड मार्केट्सको आयोजना, नेपाल पर्यटन बोर्डको प्रवर्द्धन, काठमाडांै महानगरपालिकाको सहयोग र विभिन्न संघ सस्थाहरको सहकार्यमा एक्स्पो सञ्चालन हुन लागेको हो ।

एक्सपोमा १६ देशका १५० विक्रेता, २५० क्रेता तथा एक हजारभन्दा बढि आगन्तुकको सहभागिता रहने छ । यस्तै, एक्सपोमा बिहार टूरिजम मलेशियाको समेत सहभागिता रहने छ ।

एक्सपोमा नेपाल पर्यटन बोर्ड, काठमाडौं महानगरपालिकासहित एजुकेशनल पार्टनरका रुपमा नेपाल एकेडेमी अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट ९नाथम०, हस्पिटालिटी पार्टनर होटल सोल्टी काठमाडौं, ल्यान्डमार्क होटेल्स एण्ड रिसोर्ट्स काठमाडौं र रे जिनटा रोयल अर्किड होटल्स तथा डेस्टिनेशन पार्टनरका रुपमा चन्द्रागिरी हिल्स, फूड पार्टनरका रुपमा अटिक, डिजिटल पार्टनरका रुपमा खल्ती, ट्रान्सपोर्ट पार्टनरमा स्विफ्ट होलिडेज, ट्राभल पार्टनरमा एमडी एडभेन्चर, हेल्थ पार्टनरमा ह्याम्स अस्पताल र इटरनेट पार्टनरमा क्लासिक टेक रहेका छन् ।

प्रकाशित : ३१ जेष्ठ २०८१, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह