Logo

Sub-banner

जिरी नगरपालिकाको बजेट ५५ करोड


GDP नेपाल
   १२ असार २०८१, मंगलबार


रामेछाप । दोलखाको जिरी नगरपालिकाले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाले ५५ करोड ९ लाखको बजेट ल्याएको छ ।

नगपालिकाले सोमबार आर्थिक वर्ष २०८१/०८२ को बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । नगर सभामा नगरप्रमुख मित्रबहादुर जिरेलले नीति तथा कार्यक्रम र उपप्रमुख कृष्णमाया बुढाथोकी खड्काले बजेट सार्वजनिक गरे ।

आगमी आर्थिक वर्षको लागि प्रस्तुत् गरिएको बजेट चालु आर्थिक वर्षको बजेटको तुलनामा २ करोड ६६ लाख ५ हजार रुपैयाँले बढी हो । नगरपालिकाले पूँजीगततर्फ १८ करोड ३५ लाख अर्थात् ३३ दशमलव ३० प्रतिशत र चालुतर्फ ३६ करोड ७४ लाख ८८ हजार अर्थात् ६६ दशमलव ७० प्रतिशत बजेट विनियोजन गरेको छ ।

प्रकाशित : १२ असार २०८१, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह