Logo

अर्थनीति

दशैंसँगै आयात बढ्यो, निर्यात ५% घट्दा दुई महिनामै २ खर्ब ३७ अर्ब व्यापार घाटा !


gdpnepal
   ७ आश्विन २०८१, सोमबार


काठमाडौं । चालू आर्थिक वर्ष (२०८०/८१)को पहिलो दुई महिनामा मुलुकले २ खर्ब ३७ अर्ब व्यापारघाटा व्यहोरेको छ । यस अवधिमा आयात १.०८ प्रतिशतले बढ्दा व्यापारघाटा पनि १.७८ प्रतिशतले बढेको हो ।

भन्सार विभागका अनुसार निर्यात व्यापारमा भने ५.१२ प्रतिशतले गिरावट देखिएको छ ।

भदौसम्म नेपालले २ खर्ब ६२ अर्ब ५४ करोड रुपैयाँ बराबरको आयात गर्दा निर्यात भने २५ अर्ब ९ करोडमात्र गर्न सकेको छ ।

भदौसम्म १ ३६ अर्ब ९५ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको विभागले जनाएको छ ।

भारतसँग यस अवधिमा १ खर्ब ४४ अर्ब व्यापारघाटा छ भने चीनसँग ५१ अर्ब ८० करोड रुपैयाँ व्यापारघाटा रहेको छ । अमेरिकासँग भने व्यापारघाटा ६ करोड ६४ लाखमात्र छ ।

 

प्रकाशित : ७ आश्विन २०८१, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह