Logo

बैंक / बिमा /शेयर

सिटिजन्स बैंकद्वारा बाढी पहिरो पिडितका लागि २५ लाख रुपैयाँ सहयोग


GDP नेपाल
   १२ आश्विन २०८१, शनिबार


काठमाडौँ । सिटिजन्स बैंक लिमिटेडले प्रधानमन्त्री राहत कोषमा २५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ। बाढीपहिरोले देशभर ठूलो मात्रामा जनधनको क्षति भइरहेको खबर आइरहँदा सिटिजन्स बैंकले राहत कोषलाई उक्त रकम प्रदान गर्ने निर्णय गरेको हो ।

सिटिजन्स बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री राहत कोषलाई उक्त रकम दिने सीईओ गणेशराज पोखरेलले जानकारी दिए ।


साथै यस्तो संकटको अवस्थामा बैंकले आफ्नो सहयोग विस्तार गर्ने पनि सीईओ पोखरेलले बताएका छन् । यसपटक बाढीपहिरोका पीडितका लागि प्रधानमन्त्री राहत कोषलाई रकम सहयोग गर्ने सिटिजन्स बैंक पहिलो बैंक हो ।

शुक्रबारदेखि अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढीपहिरो जाँदा दर्जनौं मानिसको मृत्यु भएको छ भने केही बेपत्ता भएका छन् । साथै सयौंको संख्यामा घरहरु बाढी पहिरोले बगाएको छ ।

दुई दिनको अन्तरमा बाढीपहिरोले दसौं करोड रुपैयाँ बराबरको क्षति पुर्‍याएको छ । 

प्रकाशित : १२ आश्विन २०८१, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह