Logo

बैंक / बिमा /शेयर

सिटिजन्स बैंकको २ लाख ६४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा


GDP नेपाल
   २६ पुस २०८१, शुक्रबार


काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको २ लाख ६४ हजार ६१.५८ कित्ता संस्थापक सेयर बिक्री खुला गरेको हो ।

सेयरको न्यूनतम भाउ १०२ रुपैयाँ तोकिएको छ । उक्त सेयर खरिद गर्न इच्छुक बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले ३५ दिन भित्र बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा निवेदन पेश गर्न सक्नेछन् ।

तोकिएको समयमा संस्थापक सेयरधनीबाट आवेदन नपरेमा अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

प्रकाशित : २६ पुस २०८१, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह