Logo

Banner-news

स्वीस बैंकमा नेपालीको कालो धन झन् बढ्यो !


GDP Nepal
   १७ असार २०७६, मंगलबार


काठमाडौं । स्वीट्जलरल्याण्डका विभिन्न बैंकमा नेपालीले अवैध सम्पत्ति थुपार्ने क्रम झन बढेको देखिएको छ । एक अन्तर्राष्ट्रिय रिपोर्टअनुसार स्वीस बैंकमा धन थुपार्ने राष्ट्रको सूचीमा यस वर्ष नेपाल १०९ औं स्थानमा पुगेको छ जबकि अघिल्लो वर्ष नेपाल ११२ औं स्थानमा थियो ।

स्वीस नेसनल बैंक (एसएनबी)को प्रतिवेदनअनुसार स्विट्जरल्यान्डको बैंकमा सबैभन्दा बढी पैसा संयुक्त अधिराज्य रहेको छ भने नेपालको छिमेकी मुलुक भारत ७४ औं स्थानमा छ । गत वर्ष स्वीस बैंकमा धन थुपार्ने भारत ७३ औं राष्ट्र थियो ।

समाचारहरुका अनुसार गत वर्षभन्दा भारतका नागरिकले स्विस बैकमा पैसा राख्न कम गरेको तर नेपालीले झन् धेरै पैसा जम्मा गरेको देखिन्छ । नेपालले भने यस विषयमा कुनै छानबिन गरेको छैन । नेपालीले स्वदेशमा कमाइ गरेको सम्पत्ति कुनै पनि मुलुकमा जम्मा गर्न पाइँदैन ।

सूचीमा यसवर्ष पाकिस्तान ८२ औं स्थानमा, बंगलादेश ८९ औं स्थानमा, श्रीलंका १४१ औं स्थानमा, म्यानमार १८७ औं स्थानमा र भुटान १९३ औं स्थानमा रहेका छन् । एसएनबीका अनुसार स्वीस बैंकमा धन जम्मा गर्ने मामिलामा भारतीयहरू धेरै नै पछाडि छन् ।

स्वीस बैंकमा विदेशीले जम्मा गरेको कुल धनमा ०.०७ प्रतिशत मात्रै भारतीयको रहेको छ । २०१८ को अन्त्यसम्ममा स्वीस बैंकमा जम्मा भएको कुल रकमको २६ प्रतिशत संयुक्त अधिराज्यका नागरिकको थियो ।

स्वीस बैंकमा धन थुपार्र्नेमा संयुक्त अधिराज्यपछि दोस्रो स्थानमा अमेरिका रहेको छ । तेस्रोमा वेस्ट इन्डिज, चौथोमा फ्रान्स तथा पाँचांै स्थानमा हङकङ छ । स्वीस बैंकमा जम्मा भएको कुल राशिको ५० प्रतिशतभन्दा बढी पैसा यी पाँच देशको छ ।


स्वीट्जरल्यान्डको बैंकमा जम्मा दुईतिहाई धन शीर्ष १० देशका मानिसको रहेको छ । यी देसमा जर्मनी, लक्जेम्बर्ग, कायमान तथा सिंगापुर समावेश छन् । स्वीस बैंकमा जम्मा करिब ७५ प्रतिशत धन शीर्ष १५ देशका मानिसको छ । जबकी ९० प्रतिशत धन शीर्ष ३० देशका मानिसको रहेको छ ।

स्वीस नेसनल बैंकमा पैसा जम्मा गर्ने मामिलामा ब्रिक्स देशमा भारत सबैभन्दा तल्लो स्थानमा रहेको छ । जबकी रुस यो सूचीमा सबैभन्दा माथि अर्थात २० औं स्थानमा रहेको छ । चीन २२ औं, दक्षिण अफ्रिका ६० औं तथा ब्राजिल ६५ औं स्थानमा रहेका छन् ।

सूचीमा समावेश अन्य देश मौरिसस ७१ औं, न्यूजिल्यान्ड ५९ औं, फिलिपिन्स ५४ औं, भेनेजुयला ५३ औं, सेशेल्स ५२ औ, थाइल्यान्ड ३९ औ, क्यानडा ३६ औं, टर्की ३० औं, इजरायल २८ औं, साउदी अरेबिया २१ औं, पानामा १८ औं, जापान १६ औं, इटाली १५ औं, अस्ट्रेयिा १३ औं, संयुक्त अरब इमिरेटस १२ औं स्थानमा रहेका छन् ।

प्रकाशित : १७ असार २०७६, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह