Logo

अर्थनीति

विद्युत विधेयकले निजी क्षेत्रलाई समेट्न नसकेको गुनासो


GDP नेपाल
   १२ पुस २०८१, शुक्रबार


काठमाडौं । पूर्वाधार विकास समितिको बैठकमा विद्युत विधेयक, २०८० माथि संशोधनकर्ताहरुसँग छलफल गरिएको छ ।
शुक्रबार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाकक्षमा बसेको बैठकमा उक्त छलफल भएको हो ।

सोही क्रममा नेकपा एमाले प्रमुख सचेतक महेश बर्तौलाले विद्युत विधेयकले नेपालको संविधान अनुसार नीजि क्षेत्रलाई समेट्न नसकेको बताएका छन् ।

उनले देशको समृद्धिमा नीजि क्षेत्रको उपस्थितिलाई अस्वीकार गर्न नसकिने भन्दै यो पाटोलाई विधेयकको कतिपय दफाहरुले ध्यान पुर्‍याउन नसकेको बताए ।

उनले भने, ‘विद्यतु विधेयकले विशेषगरी संविधान अनुसार नीजि क्षेत्रलाई अस्विकार गर्न सक्दैनौ । नीजिको सहभागितालाई प्रोत्साहन गर्ने साथै देशको समृद्धिमा नीजि क्षेत्रको उपस्थितीलाई अस्विकार गर्न सक्दैनौ । विधेयकको कतिपय दफाहरुले ध्यान पुर्‍याउन नसकेको भन्ने लाग्छ । विधेयकलाई समृद्ध बनाएर कानून बनाउँदै गर्दा त्यो पाटोमा समितिले प्रभावकारी तरिकाबाट ध्यान पुर्‍याउनुपर्छ ।’

यस्तै, नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले हाल देशमा ८० प्रतिशत विद्युत नीजि क्षेत्रले उत्पादन गरिरहेको भन्दै नीजि उन्मुख भनेर संविधान संशोधन गर्नुपर्ने अवस्था आएको बताए ।

उनले भने, ‘विधेयकले संविधानको समाजवाद उन्मुखलाई समेटेको छैन् । समाजवाद उन्मुख भनेपछि सरकारी स्वामित्व बढ्ने हो । देशको विजुली उत्पादन ८० प्रतिशत नीजिले उत्पादन गर्ने रहेछ । संविधानमा समाजवाद उन्मुख, नीजिले उत्पादन गर्ने भए कि नीजि उन्मुख भनेर संविधान संशोधन गर्नुपर्यो । सरकारले आफ्नो इमान्दारिता देखाउनुपर्यो नि, होइन भने सरकारको ८० प्रतिशतको स्वामित्व हुनुपर्यो । यो मिलेन भनेर सभापतिज्यूले मन्त्री र सरकारलाई समाउनु पर्यो ।’

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले विधेयक बनाउने कुरामा प्राथमिकीकरण गर्ने भन्दैमा अन्धाधुन्ध गरेको भन्दै त्यो गल्ती फेरि नदोहोराउन आग्रह गरेकी छन् । देशको जलस्रोतको प्रयोग प्रयाप्त मात्रामा नहुने खतरा रहेको भन्दै यसमा समितिले गहन छलफल गर्नुपर्ने पनि उनको भनाई छ ।

प्रकाशित : १२ पुस २०८१, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह