Logo

अर्थनीति

एलपी ग्यास र पेट्रोलको कृत्रिम अभाव गराएर मूल्य बढाउने माथि महानगरको निगरानी सुरु 


gdpnepal
   ३० फाल्गुन २०८२, शनिबार



काठमाडौं । काठमाडौं महानगरपालिकाले खाना पकाउने एलपी ग्यास र सवारी साधनका लागि इन्धनको कृत्रिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि निगरानी बढाएको छ ।

महानगरले ग्यास हुँदाहुँदै छैन भनेर ग्राहकलाई नदिने, अव ग्यास पाइँदैन भनेर धेरै मूल्य लिने, इन्धन डिपोमा तेल मौज्दात हुँदाहुँदै छैन भनेर उपभोक्तालाई फर्काउने गरिएको गुनासो आउन थालेपछि निगरानी संयन्त्र सक्रिय बनाएको हो । 

प्रशासन विभागका प्रमुख महेश काफ्ले ग्यास छैन भन्ने गलत सूचना प्रवाह गरेर मूल्य र सर्वसाधारणको जनजीवनमा असहज परिस्थिति सिर्जना गनेमाथि कारबाही गर्ने बताएका छन् । 

उनले भने, ‘ग्यास छैन भन्ने गलत सूचना प्रवाह गरेर मूल्य र सर्वसाधारणको जनजीवनमा असहज परिस्थिति सिर्जना गनेमाथि कारबाही गनेछौँ । नेपाल आयल निगमले ग्यासको मूल्य प्रति सिलिन्डर १ हजार ९१० रुपियाँ तोकेको छ । यही मूल्यमा खरिद-बिक्री गर्न व्यवसायी र उपभोक्तामा हाम्रो अनुरोध छ ।’ 

‘ग्यास अभाव हुने आशंका गरेर उपभोक्ताले बढी माग गने गरेको पनि पाइएको छ । यसरी ग्यास सञ्चिति गर्न थालियो भने माग र आपूर्तिको चक्रमा असर पुग्छ । यस कारण उपभोक्तालाई पनि जिम्मेवार पूर्वक ग्यास माग गर्नुपर्छ,’ काफ्ले भन्छन्, ‘सहज जनजीविकाका लागि उपभोक्ता, उद्योग तथा वाणिज्य क्षेत्र र सरकार सबैको समान दायित्व छ । आफ्ना आफ्ना दायित्व सबैले पूरा गनुपर्छ ।’

पेट्रोल पम्पहरूले पनि आफूसँग मौज्दात इन्धन हुँदाहुँदै छैन भनेर सवारी साधनलाई उपलब्ध नगराउने सूचना पाएका छौँ । यसमा पनि हामीले निगरानी थालेको उनको भनाइ छ । ग्यास र इन्धन अभाव सिर्जना गर्ने क्रियाकलाप देखेमा तथ्यमा आधारित विवरण महानगरका हटलाइन नम्बरहरू ११८० र ९८५१३५६५०९ मा टिपाउन सकिने व्यवस्था मिलाइएको छ । यसरी प्राप्त विवरणका आधारमा महानगरले निगरानी गर्नेछ । 

ग्याँस विक्रेता महासंघ, नेपालका अध्यक्ष ज्ञानेश्वर अर्यालका अनुसार भारतबाट आउने ग्यास अहिलेसम्म नियमित छ । माग धेरै भएकोले अभाव देखिएको हो । यसमा उपभोक्ताले सञ्चितिका लागि माग गरेनन् भने समस्या देखिँदैन ।

 

प्रकाशित : ३० फाल्गुन २०८२, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह