काठमाडौँ । सोमबार सेयर बजार परिसूचक नेप्से २६.०७ अंकले घटेर दुई हजार ७९८.८३ विन्दुमा पुगेको छ ।
आज बैंकिङ २३, विकास बैंक ५१, फाइनान्स १८, होटल तथा पर्यटन १९, हाइड्रोपावर २३, जीवन बीमा १२७, माइक्रोफाइनान्स ३८, निर्जीवन बीमा ५२, अन्य २६ र व्यापार उपसमूह ८ अंकले घटेको छ । त्यस्तै आज उत्पादन उपसमूह भने २४ अंकले बढेको छ ।
आज सिद्धार्थ इक्वीटी फन्डको सेयर सबैभन्दा धेरै ४.३९ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज सालपा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स, अपर हेवाखोला हाइड्रोपावर र सोलु हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको छ ।
यस दिन ३४५ कम्पनीको तीन करोड ७ लाख कित्ता सेयर ११ अर्ब ९७ करोडमा कारोबार भएको छ ।










प्रतिक्रिया