काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले गत आर्थिक वर्षमा ६ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
अघिल्लो वर्षको यसै अवधिको तुलनामा कम्पनीको नाफा १९.७७ प्रतिशतले घटेको हो । अघिल्लो वर्ष कर्पोरेसनले ७ करोड ८८ लाख नाफा आर्जन गरेको थियो ।
यस्तै, कम्पनीको आम्दानी भने ५२ प्रतिशतले बढेर १३ अर्ब ३५ करोड पुगेको छ । अघिल्लो वर्ष कम्पनीले ८ अर्ब ७८ करोड रुपैयाँ आम्दानी गरेको थियो ।
यसको चुक्ता पुँजी ३२ करोड ७ लाख रुपैयाँ रहेको छ । यसको जगेडा कोषमा १ अर्ब ४१ करोड रुपैयाँ जम्मा छ ।
कर्पोरेसनको प्रतिसेयर आम्दानी ९वार्षिक० १९ रुपैयाँ ७१ पैसा र प्रतिसेयर नेटवर्थ ३९७ रुपैयाँ ६२ पैसा रहेको छ ।
प्रतिक्रिया