काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट एक खर्ब रूपैयाँ तान्ने भएको छ। बैंकले २१ दिनको लागि निक्षेप सङ्कलन उपकरण कोबोलकबोल तथा निष्काशन गर्ने भएकोले इच्छुक बैंक तथा वित्तीय संस्थाले दिउँसो ३ बजेसम्म प्रस्ताव पेश गर्न सक्नेछन् ।
यो रकम भदौ २३ गते परिपक्व हुनेछ। यसमा घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्म बोलकबोल गर्न पाइने छ ।
बजारमा तरलता अभाव हुँदा राष्ट्र बैंकले रिपोमार्फत तरलता प्रवाह गर्ने गर्छ भने अधिक तरलता हुँदा रिभर्सरिपो मार्फत प्रशोचन गर्ने गर्छ ।
प्रतिक्रिया