Logo

कर्पोरेट-बजार

आर्थिक क्षेत्रमा पुनर्जागरण ल्याउने चेम्बर लुम्बिनीको रणनीति


GDP नेपाल
   ३० भाद्र २०८१, आइतबार


तानसेन र नेपाल चेम्बर अफ कमर्स लुम्बिनीको आयोजनामा कार्यशाला शुक्रबार सम्पन्न भएको छ । आर्थिक क्षेत्रमा पुनर्जागरण ल्याउन सहयोग पुर्याउने रणनीतिक कार्ययोजना बनाउँदै उक्त कार्यशाला सकिएको हो ।


सरकारसँगको सहकार्यमा निजी क्षेत्रलाई सबल र सक्षम बनाएर मात्र समृद्ध नेपालको परिकल्पना साकार पार्न सकिने निष्कर्ष निकाल्दै चेम्बर लुम्बिनीले आगामी ३ बर्षे कार्ययोजना तय गरेको छ ।
३ बर्षे रणनीति अन्तर्गत चेम्बरले अन्तर्राष्ट्रिय चेम्बरहरूसँग सम्बन्ध बिस्तार गर्दै लुम्बिनीको समग्र औद्योगिक बिकासका लागि नीतिगत पहल गर्न विभिन्न कार्ययोजना तय गरेको छ ।


त्यस्तै, लुम्बिनी प्रदेशमा चेम्बरको संख्या १ सय पुर्याउने,साना तथा मध्यम ब्यवसायीरूलाई ब्यवसाय प्रबर्द्धन र ब्यवस्थापन सम्बन्धि तालिम दिने, प्रदेशका उत्पादनहरूको बजारीकरणका लागि प्लेटफर्म तयार गर्ने,परम्परागत मेला तथा तथा महोत्सवहरूलाई परिवर्तन गरेर बहुउपयोगी र आकर्षक बनाउने कार्ययोजना बनाएको छ ।
मुलुकमा उत्पादन भएका गुणस्तरीय बस्तुहरुको निर्यातका लागि अन्तर्राष्ट्रिय चेम्बरहरुको सहकार्यमा ब्यवसायिहरुलाई सहयोग गर्ने, निर्यातका लागि सम्भाबित थप बस्तुहरुको पहिचान गर्ने लगायतका योजना तय गरेको छ ।


समग्र लुम्बिनी प्रदेशको आर्थिक बिकासका लागि संरचनागत र नितिगत सुधारका लागि पैरवी गर्ने,साना तथा मझौला उद्यमको सशक्तिकरण गर्ने,साझेदारी र सहकार्य बिस्तार गर्ने,पर्यटन बिकासका लागि अन्तर्राष्ट्रिय चेम्बरहरूस्ँग सहकार्य गर्ने, सीप बिकास तालिमहरू सञ्चालन गर्ने कार्ययोजना बनाएको छ ।

प्रकाशित : ३० भाद्र २०८१, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह