Logo

अर्थनीति

महासंघले भन्यो- नीति तथा कार्यक्रममा पूर्वाधार विकासका लक्ष्य महत्वाकांक्षी


appharu
   ९ जेष्ठ २०७५, बुधबार


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले संघीयताको पूर्ण कार्यान्वयनमा गैसकेपछिको पहिलो पटक सार्वजनिक सरकारको नीति तथा कार्यक्रममा ऊर्जा, पूर्वाधार विकास लगायतका केही क्षेत्रहरुमा महत्वाकांक्षी देखिएको ठहर गरेको छ ।
तर, ती योजनाहरुलाई सफलरुपमा अगाडी लैजान आगामी आर्थिक वर्षको बजेटमा प्रभावकारी कार्यक्रम ल्याउनु पर्ने महासंघको विशेष जोड रहेको छ ।

यद्यपि, सरकारद्वारा संसदमा प्रस्तुत आगामी आर्थिक वर्ष २०७५–०७६ को नीति तथा कार्यक्रमलाई निजी क्षेत्रमैत्री भएको भन्दै कार्यान्वयनमा जोड दिएको छ ।
लगानीमैत्री वातावरण, अनुकुल श्रम सम्बन्ध र लगानी तथा मुनाफाको सुरक्षाको प्रत्याभुति गरिने नीतिले निजी क्षेत्र उत्साहित भएको विज्ञप्तिमा जनाइएको छ । यस्तै, लगानीकर्ताहरुका लागि एकै थलोबाट सहज सेवा उपलव्ध गराइने र लगानी प्रोत्साहन गर्न कानूनी, संस्थागत र प्रक्रियागत सुधार गरी व्यवसाय लागत घटाइने कुराले निजी क्षेत्रको महत्वपूर्ण सुझावलाई संवोधन भएको महासंघको भनाइ छ ।
समृद्ध नेपाल, सुखी नेपालीको दीर्घकालिन उद्देश्य नीति तथा कार्यक्रमले लिएको छ । नेपालको अर्थतन्त्रलाई उच्च आर्थिक वृद्धि सहितको संतुलित र सुदृढ अर्थतन्त्रको रुपमा विकास गरिने, अर्थतन्त्रलाई उत्पादनमुखी, रोजगारी प्रवद्र्धन, आत्मनिर्भर र निर्यातमुलक बनाउन अर्थतन्त्रको संरचनामा परिवर्तन गरिने, आगामी आर्थिक वर्षमा दोहोरा अंक नजिकको र पा“च वर्षभित्र दोहोरो अंकको आर्थिक वृद्धि हासिल गरी नेपालीको हालको प्रतिव्यक्ति आय पा“च वर्षमा दोव्वर बनाइने घोषणाको महासंघले स्वागत गरेको छ ।
यस्तै, सबै राजनीतिक एजेण्डा सकिएर मुलुक अव निर्वाध आर्थिक विकासको एकल शुत्रमा अगाढी बढ्नु पर्ने निरन्तर सुझाव दिंदै आएको निजी क्षेत्रमा यो घोषणाले थप उर्जा प्रदान गरेको जनाइएको छ ।
नीति तथा कार्यक्रमले कृषि, उर्जा, उद्योग, यातायात, भौतिक पूर्वाधार, सूचना प्रविधि, पर्यटन र सहरी विकासलाई आर्थिक वृद्धिको संवाहकको रुपमा पहिचान गरेको छ । सार्वजनिक निजी र सहकारी क्षेत्रको प्रमुख लगानी यी क्षेत्रमा केन्द्रीत गरिने र वैदेशिक लगानी तथा विकासका साझेदारबाट प्राप्त स्रोतलाई पनि यी क्षेत्रमा परिचालन गरिने प्रतिवद्धताबाट महासंघले जोड दिएकै क्षेत्रलाई नीति तथा कार्यक्रमले समेटेकोमा थप उत्साहित भएको विज्ञप्तिमा उल्लेख छ ।
सिमेन्ट लगायत खानीजन्य उद्योगमा लगानी प्रोत्साहन, चिनी उद्योगको विकास गरिने, छाला जुत्ता उद्योगको क्षमता विस्तार र गुणस्तरमा सुधार गर्न छालाजुत्ता उत्पादन क्षेत्र स्थापना गरिने लगायतका कार्यक्रमहरु उत्साहबद्र्धक रहेको जनाइएको छ् ।

प्रकाशित : ९ जेष्ठ २०७५, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह