Logo

अर्थनीति

‘अर्थतन्त्रमा मन्दी छैन’ भन्ने रामेश्वर खनालले दिने सुझाव कत्तिको स्वीकार्य होला ?


gdpnepal
   २३ आश्विन २०८१, बुधबार


काठमाडौं । सरकारले पूर्वसचिव रामेश्वर खनालको अध्यक्षतामा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन गरेको छ ।

मन्त्रिपरिषद्को बैठकले अर्थ मन्त्रालयको प्रस्तावमा नेपाल सरकारका पूर्व अर्थसचिव रामेशवर खनालको संयोजकत्वमा विज्ञहरुको पाँच सदस्यीय आयोग गठन गर्ने निर्णय गरेको हो ।

आयोगमा राष्ट्रिय योजना आयोगका सदस्य डा.प्रकाशकुमार श्रेष्ठ, त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख प्रा. डा.रामप्रसाद ज्ञवाली, अर्थविद् डा.विश्वास गौचन र नीति अनुसन्धान प्रतिष्ठानका वरिष्ठ अनुसन्धानकर्ता डा.कल्पना खनाल सदस्य रहेका छन् ।

आयोगले आवश्यकता अनुसार निजी क्षेत्र लगायत अर्थतन्त्रका विविध पक्षहरुसँग परामर्श गर्ने भनिएको छ ।

आयोगमा अर्थतन्त्रका नीति निर्माता र अर्थशास्त्री मात्र समेटिएको र निजी क्षेत्रको प्रतिनिधित्व नगराइएको भन्दै आलोचना पनि भइरहेको छ ।

निजी क्षेत्रको प्रतिनिधित्वको सन्दर्भमा मात्र नभै आयोगका अध्यक्ष खनालको यसभन्दा पहिलेका अभिव्यक्तिलाई लिएर पनि प्रश्न गर्न थालिएको छ ।

मुलुकको अर्थतन्त्र अघिल्लो वर्षदेखि नै शिथिल बनिरहेका बेला खनालले भने अर्थतन्त्रको स्वरुप बदलिएको भाष्य निर्माण गरिरहेका थिए । आम व्यवसायीले अर्थतन्त्रमा मन्दीको अवस्था भनिरहँदा खनाल र उनको समूह भने यसलाई स्वाभाविक भनेर टिप्पणी गरिरहेको अवस्था थियो ।

२०८० कात्तिक १५ मा प्रकाशित ‘हिमालखबर विशेष’मा प्रकाशित सामग्रीको केही अंश र त्यसमा खनालको टिप्पणी सन्दर्भवश यहाँ प्रस्तुत गरिएको छः

आयोगको प्रतिवेदन सार्वजनिक भएसँगै निजी क्षेत्रका तीनवटै संस्थाले गम्भीर छलफल गरी निर्मम समीक्षा गर्ने र आवश्यक परेको अवस्थामा अस्वीकार गर्नेसम्मका कडा कदम चाल्नुपर्ने नेपाल उद्योग वाणिज्य महासंघका एक पदाधिकारीले बताए ।

 

प्रकाशित : २३ आश्विन २०८१, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह