Logo

कर्पोरेट-बजार

तोलाकै १ लाख ६५ हजार ६ सय रुपैयाँ पुग्यो सुनको मूल्य


GDP नेपाल
   ५ कार्तिक २०८१, सोमबार


काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सोमबार एकै दिन प्रतितोला ६ सय रुपैयाँ मूल्य बढेपछि नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ६५ हजार ६ सय रुपैयाँ तोकेको छ । यसअघि आइतबार १ लाख ६५ हजार रूपैयाँ कायम भएको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि २० रूपैयाँले बढेको छ । आइतबार तोलामा २ हजार ७५ रूपैयाँमा कारोवार भएको चाँदी आज २० रूपैयाँले बढेर २ हजार ९५ रूपैयाँमा कारोवार भइरहेको छ ।

प्रकाशित : ५ कार्तिक २०८१, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह