Logo

बैंक / बिमा /शेयर

ग्लोबल आइएमई बैंक र आईसीआईसीआई बैंक क्यानाडाबीच समझदारी


GDP नेपाल
   ८ कार्तिक २०८१, बिहिबार


काठमाडौं ।
ग्लोबल आइएमई बैंक लिमिटेड र आईसीआईसीआई बैंक क्यानाडाबीच विभित्र बैंकिङ्ग सेवासम्बन्धी सहकार्यका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ।


यससम्बन्धी सम्झौतामा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृति सुरेन्द्रराज रेग्मी र आईसीआईसीआई बैंक क्यानाडाका व्यवसाय प्रमुख हिमादर मडीपत्लाले हस्ताक्षर गरेका छन्।


यो सम्झौता भएसँगै नेपालबाट अध्ययनका लागी क्यानाडा जाने विद्यार्थी, स्थायीरुपमा क्यानाडा बसाई सरी जाने आप्रवासी, तथा फेडरल स्किल्ड वर्करहरुले आईसीआईसीआई बैंक क्यानाडाको बिभित्र बैकिङ्ग सेवा उपभोग गर्न तथा क्यानाडाबाट नेपालमा रेमिट्यान्स पठाउनरप्राप्त गर्न सहज हुनेछ।


ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो।

बैंकको ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २५५ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,००० भन्दा बढि सेवा केन्द्र रहेका छन्।


ग्लोबल आइएमई बैंकलाई सबैंका लागि बैंक बनाउँदै बैंकले विभिन्न सेवा तथा सुविधा सहितका योजना मार्फत आफ्ना ४७ लाखभन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लावान्भित गरिरहेको छ।

प्रकाशित : ८ कार्तिक २०८१, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह