काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रवण कुमार रावलको निधन भएको छ । स्वास्थ्यमा समस्या देखिएसँगै नागरिक अस्पताल भर्ना भएका रावलको ६१ वर्षको उमेरमा निधन भएको हो ।
अन्तर्राष्ट्रिय समावेशी बीमासम्बन्धी कार्यक्रममा भाग लिएर फर्किएका रावललाई बुधबार राति अस्पताल भर्ना गरिएको थियो ।
बीमा क्षेत्रमा लामो समय बिताएका रावल यसअघि प्रुडेन्सियलमा सीईओ थिए । मर्जरपछि राजीनामा दिएर युनाइटेड अजोड इन्स्योरेन्सम २०८० जेठ २३ गते सीईओ पदमा नियुक्त भएका थिए ।
प्रतिक्रिया