Logo

बैंक / बिमा /शेयर

समता घरेलु लघुवित्तको एफपीओ आजदेखि बिक्री खुला


GDP नेपाल
   १२ कार्तिक २०८१, सोमबार


काठमाडौँ । समता घरेलु लघुवित्त वित्तिय संस्थाको थप सार्वजनिक निष्कासन एफपीओमा आवेदन खुला भएको छ । लघुवित्तको ३ करोड ५० लाख ९० हजार रुपैयाँ बराबरको ३ लाख ५० हजार ९०० कित्ता बराबरको एफपीओ जारी गरेको हो ।


प्रतिकित्ता एक सय रुपैयाँका दरले जारी हुने एफपीओमा सर्वसाधारणले आजदेखि कात्तिक २० गतेसम्म आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १० र अधिकतम एक हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।


बैंक तथा वित्तीय संस्थाहरूले सर्वसाधारणमा कम्तीमा ३० प्रतिशत शेयर निष्कासन गर्नुपर्ने प्रावधानअनुसार ३० प्रतिशत पुर्‍याउन समता लघुवित्तले एफपीओ जारी गरेको हो । हिजो बजार बन्द हुँदा समता लघुवित्तको शेयर मूल्य प्रतिकित्ता आठ सय ५२ रुपैयाँ छ ।

प्रकाशित : १२ कार्तिक २०८१, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह