काठमाडौँ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक सेयर बिक्रीमा आएको छ । कम्पनीले २७ हजार ३२१ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।
उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आफूले खरिद गर्न चाहेको शेयर संख्या र सोको मूल्य समेत उल्लेख गरी ३५ दिनभित्र कम्पनीको सेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटल, थापाथली–११, काठमाडौंमा पेश गर्नु पर्नेछ।
तोकिएको समयमा संस्थापक सेयरधनीबाट सेयर खरिदका लागि आवेदन नपरेमा सो सेयर सर्वसाधारणमा बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया