Logo

बैंक / बिमा /शेयर

सिटिजन बैंकका ग्राहकलाई इजी डेन्टलमा विशेष सुविधा


GDP नेपाल
   ११ मंसिर २०८१, मंगलबार


काठमाडौँ । सिटिजन बैंक लिमिटेड र इजी डेन्टल महांकालबीच ग्राहकलाई विशेष स्वास्थ्य सेवा उपलब्ध गराउन सम्झौता भएको छ ।

सम्झौताअनुसार, सिटिजन बैंकका ग्राहकहरूले इजी डेन्टलमा ओपीडी दर्ता शुल्क, डाक्टर परामर्श शुल्क र आजीवन सदस्यता शुल्कमा शतप्रतिशत छुट पाउनेछन् । यसका अतिरिक्त, अन्य सेवा शुल्कहरूमा १५ प्रतिशत छुटपनि उपलब्ध हुनेछ ।

सम्झौतामा बैंकका बौद्ध शाखाकी म्यानेजर मनिषा थापा र इजी डेन्टलका निर्देशक अजय कुमार रेग्मीले हस्ताक्षर गरेका छन् ।

सिटिजन बैंकले आफ्ना ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै यस्ता विशेष योजनाहरू ल्याएको बताएको छ । इजी डेन्टलले पनि आफ्नो ग्राहकलाई उच्चस्तरीय दन्त उपचार सेवा सहुलियतमा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।

इजी डेन्टल, काठमाडौँ महानगरपालिका वडा नम्बर ६, चाबहिलस्थित महांकाल खानेपानी संस्थान अगाडि रहेको छ । यहाँ बिरामीहरूको लागि आधुनिक उपचार कक्षहरू, नवीनतम उपचार प्रविधि, गुणस्तरीय स्टेरिलाइजेसन प्रोटोकलहरू, आरामदायक प्रतीक्षा क्षेत्रहरू, र लिफ्ट साथै पार्किङ सुविधाको व्यवस्था गरिएको छ ।

सिटिजन बैंकले आफ्नो सबै शाखामार्फत स्वास्थ्य र सामाजिक सेवामा पहुँच विस्तार गर्दै आएको छ र यस्ता योजनाहरूलाई निरन्तर अघि बढाउने प्रतिबद्धता जनाएको छ ।

प्रकाशित : ११ मंसिर २०८१, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह