Logo

बैंक / बिमा /शेयर

सिटिजन्स बैंक इन्टरनेसनल ‘बैंक अफ द ईयर २०२४’ बाट सम्मानित


GDP नेपाल
   २० मंसिर २०८१, बिहिबार


काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड विश्वको प्रतिष्ठित बैंक अफ द ईयर २०२४ को अवार्डबाट लण्डनमा सम्मानित भएको छ ।

संयुक्त अधिराज्य (युके)अवस्थित द फाइनान्सियल टाईम्सले डिसेम्बर ४, मा आयोजना गरेको एक कार्यक्रमका बिच सिटिजन्स बैंकलाई बैंक अफ द ईयर २०२४ को अवार्ड प्रदान गरेको छ ।


बैंक संचालक समितिका अध्यक्ष प्रवल जङ्ग पाण्डे र बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले बैंकको प्रतिनिधित्व गर्दे बैंक अफ द ईयर २०२४ को सम्मान ग्रहण गरेका हुन । समारोहमा करिव १०० भन्दा बढी देशका बैंकका अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत लगायतका अधिकारीहरू गरि करिव ३०० जना भन्दा बढीको बाक्लो उपस्थिति रहेको थियो ।


बैंक संचालक समितिका अध्यक्ष प्रवल जङ्ग पाण्डेले बैकिङ्ग क्षेत्रको ओस्कार पुरस्कार मानिने विश्वको प्रतिष्ठित बैंक अफ द ईयर २०२४को अवाड बैंकले प्राप्त गर्न सफल भएकोमा अत्यन्त गौरवान्वित महसुस गरेको र यसबाट आगामी दिनमा अझ उत्कृष्ट प्रविधि मैत्री आधुनिक बैंकिंङ्ग सेवा सुविधा ग्राहकहरूमाझ ल्याउनको लागि हौसला मिलेको बताए ।


त्यसै गरी बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले यस अवार्डको प्राप्ति सम्पूर्ण सरोकारवाला निकायहरूको सहयोग एवं कर्मचारीहरूको अहोरात्र मेहनतबाट सम्भव भएको बताउँदै आगामी दिनमा अझ उत्कृष्ट कार्य सहित सुशासन र प्रुडेन्ट बैंकिंङ्ग र हरित बैंकिंङ्गका सेवा सुविधाहरूमा थप बल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित : २० मंसिर २०८१, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह