काठमाडौं । जलविद्युत लगानी तथा विकास कम्पनी (एचआइडीसीएल) ले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई ५.२५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।
यसका लागि कम्पनीले पुस २४ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा र लाभांश प्रयोजनको लागि कम्पनीले पुस १२ गते बुक क्लोज गर्ने जनाएको छ । तसर्थ पुस ११ गतेसम्म कायम सेयरधनीले साधारण सभामा सहभागि हुन र लाभांश हात पार्न सक्नेछन् ।
प्रतिक्रिया