Logo

बैंक / बिमा /शेयर

इजी डेन्टल र कुमारी बैंकबीच सम्झौता


GDP नेपाल
   १६ पुस २०८१, मंगलबार


काठमाडौं । इजी डेन्टल र कुमारी बैंक लिमिटेडबीच नयाँ सम्झौता भएको छ । जसमा कुमारी बैंकका ग्राहकहरूलाई इजी डेन्टलमा विशेष छुट प्रदान गरिने छ ।

सम्झौताअनुसार, कुमारी बैंकका ग्राहकहरूले इजी डेन्टलमा ओपीडी दर्ता शुल्क, डाक्टर परामर्श शुल्क र आजीवन सदस्यता शुल्कमा शतप्रतिशत छुट पाउनेछन् । साथै, अन्य सेवा शुल्कहरूमा १५ प्रतिशत छुट पनि उपलब्ध हुनेछ ।

सम्झौतापत्रमा कुमारी बैंक लिमिटेडका बौद्ध शाखाका म्यानेजर अनुपमा श्रेष्ठ र इजी डेन्टलका निर्देशक अजय कुमार रेग्मीले हस्ताक्षर गरेका छन् ।

कुमारी बैंकले यस सुविधाबाट आफ्ना ग्राहकलाई उच्चतम गुणस्तरीय दन्त उपचार सेवा उपलब्ध गराउन विश्वास व्यक्त गरेको छ भने इजी डेन्टलले पनि कुमारी बैंकका ग्राहकलाई सहुलियत दरमा सेवा प्रदान गर्ने प्रतिबद्धता जनाउँदै आएको छ ।

इजी डेन्टल, काठमाडौँ महानगरपालिका वडा नम्बर ६, चाबहिल स्थित महांकाल खानेपानी संस्थान अगाडि अवस्थित छ । यहाँ बिरामीहरूको लागि आधुनिक उपचार कक्षहरू, नवीनतम उपचार प्रविधि, गुणस्तरीय स्टेरिलाइजेसन प्रोटोकलहरू, आरामदायक प्रतीक्षा क्षेत्रहरू, र लिफ्ट तथा पार्किङ सुविधाको व्यवस्था गरिएको छ । इजी डेन्टलले ३० वर्षको अनुभवसहित उच्चतम स्तरका दन्त उपचार सेवा प्रदान गर्दै आएको छ ।

कुमारी बैंक लिमिटेडले विगत २३ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको छ । यसले देशभरका ३०२ शाखा सञ्जाल, ३१५ एटीएम, ५० एक्सटेन्सन काउन्टर र ५७ शाखा रहित बैंकिङ इकाईहरूमार्फत अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आएको छ ।

प्रकाशित : १६ पुस २०८१, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह