काठमाडौँ । कुमारी बैंक लिमिटेडले लाभांश वितरण नगर्ने भएको छ । बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०८०र८१ को मुनाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
बैठकले गत वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु आगामी वार्षिक साधारण सभामा पेश गर्न नेपाल राष्ट्र बैंक समक्ष स्वीकृतिका लागि पेश गर्ने छ ।
चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म बैंक १ अर्ब ७ करोड रुपैयाँभन्दा बढी खुद नाफामा रहेको छ । सो अवधिसम्म कम्पनीको वितरणयोग्य नाफा भने ३ अर्ब ३२ करोड रुपैयाँभन्दा बढी ऋणात्मक रहेको छ । २६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ चुक्तापूँजी रहेको कम्पनीके जगेडा कोष रकम १५ अर्ब ४५ करोड रुपैयाँभन्दा बढी कायम छ ।
प्रतिक्रिया