काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी) नेपालको संस्थापक सेयर बिक्रीमा आएको छ । इन्स्यारेन्सले ४ लाख ९२ हजार ५७७ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको हो ।
उक्त सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुन सक्नेछन् । यसमा न्यूनतम १०० कित्ताका लागि फागुन ५ आवेदन दिन सकिनेछ ।
यसमा बिक्री प्रबन्धकको काम एसबीआई मर्चेन्ट बैंकिङले गर्नेछ ।
प्रतिक्रिया