काठमाडाैं । आज फाल्गणु ९ गते एसजि ग्रुपका अध्यक्ष शिव प्रसाद घिमिरेकाे अध्यक्षतामा पुराना काम नलाग्ने ग्यास सिलिन्डरहरू नष्ट गरिएकाे छ ।
सुरक्षाकाे पक्षलाइ विशेष महत्व दिँदै त्यस्ता सिलिण्डरहरू नष्ट गरिएकाे कम्पनीले जनाएकाे छ ।
उक्त कार्यक्रममा एभरेष्ट ग्यास ग्रुपका अध्यक्ष शिवप्रसाद घिमिरेका अलावा गुणस्तर तथा नापतैल कार्यालयका जय प्रकाश चौधरी, जिल्ला प्रशासन कार्यालयका भरत पाण्डे, प्रहरी प्रभाग चल्नाखेलका हरक सिंह कुवँर र कृष्णबहादुर खत्री, दक्षिणकाली नगरपालिका वडा नम्बर १ का अध्यक्ष जय थापा मगर लगायत उपभाेक्तावादी संस्था एवं सामाजिक संस्थाका प्रतिनिधिहरूकाे भव्य उपस्थिति रहेको थियो ।
एभरेष्ट ब्राण्डको लोगो ५ सय ३६ सिलिण्डर ग्यास सिलिण्डर नष्ट गरिएकाे हाे । जसकाे बजार मूल्य करिब १४ लाख बरावरको हुन जाने कम्पनीले बताएकाे छ ।










प्रतिक्रिया