Logo

Sub-banner

गणतन्त्र दिवसमा टेलिकमको अनलिमिटेड प्याक अफर


appharu
   १४ जेष्ठ २०७५, सोमबार


काठमाडाैं ।नेपाल टेलिकमले गणतन्त्र दिवस २०७५ को अवसरमा पारेर ‘मिस्ड कल एलर्ट’ लाई पुन सञ्चालनमा ल्याएकोछ । बुधबारदेखी लागु हुने गरी कम्पनीले जीएसएम पोष्टपेड तथा प्रिपेड मोबाइलमा यो सेवा उपलब्ध गराएको हो ।

सेवा शुभारम्भ भए पश्चात् सेवाग्राहीको नम्बर व्यस्त भएको अवस्थामा, नेटवर्क नभएको अवस्थामा र स्वीच अफ भएको अवस्थामा कसैको कल आएमा पछि त्यसको वारेमा एसएमएस मार्फत नोटिफिकेसन आउनेछ ।सेवा शुभारम्भ गर्नको लागि उपभोक्ताले एसयूवी एमसीए लेखेर १४०० मा एसएमएस गर्ने वा एस्ट्रिक १४०० ह्याज डायल गर्नुपर्ने कम्पनीले जनाएको छ ।

टेलिकमको जीएसएम मोबाइल फोन प्रयोगकर्ताहरुलाई हाल यो सेवा १५ दिनका लागि कम्पनीले निःशुल्क उपलब्ध गराउने भएको छ । त्यसपछि भने मासिक रुपमा ५ रुपैयाँ शुल्क लाग्ने छ । यस्तैगरी गणतन्त्र दिवसकै अवसरमा कम्पनीले १८ रुपैयाँमै एक घण्टासम्म भ्वाइस, एसएमएस र डाटा चलाउन सकिने ‘अनलिमिटेड प्याक’ अफर ल्याएको छ ।

जीएसएम तथा सीडीएमए मोबाइल प्रयोगकर्ताले सो अफर उपभोग गर्न सक्ने छन् । प्रयोगकर्ताले एक घण्टासम्म कम्पनीको नेटवर्क भित्र जति पनि कल गर्न र एसएमएस पठाउन तथा डाटा चलाउन सक्ने छन् । त्यसैगरी १२ रुपैयाँमा कम्पनीको नेटवर्क भित्र १ सय २० वटा एसएमएस पठाउन सकिने ‘एसएमएस प्याक’ पनि ल्याएको छ । सो प्याक ५ दिन भित्र प्रयोग गरिसक्नु पर्नेछ । अनलिमिटेड प्याक र एसएमएस प्याक मंगलबारदेखि आगामी जेठ २८ गते सम्म खरिद गर्न सकिन्छ ।

प्रकाशित : १४ जेष्ठ २०७५, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह