Logo

Uncategorized

श्रेष्ठको हत्या अभियोग लागेका ढुंगेललाई सजाय माफी


appharu
   १५ जेष्ठ २०७५, मंगलबार


काठमाडौं । द्वन्द्वकालिन मुद्दामा जेल सजाय भोगिरहेका बालकृष्ण ढुंगेलले ४० प्रतिशत कैद अवधि भुक्तान गरेको आधारमा सजाय माफी पाएका छन् । उनी अरु ८१६ कैदीसँगै आजै डिल्लबजार कारागारबाट छुटेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचलित कामनुन बमोजिम असल चालचलन भई कैदको सजाय छोट्याउन योग्य देखिएका तेम्बा शेर्पा सहित ८१६ जना कैदीलाई माफी दिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।


मन्त्रिपरिषदको सिफिारिस बमोजिम एघारौं गणतन्त्र दिवसको उपलक्ष्यमा उनीहरुलाई संविधानको धारा २७६ बमोजिम माफी भएको राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीले जनाएका छन् । राष्ट्रपति कार्यालयको विज्ञप्तिमा तेम्बा शेर्पासहित ८१६ जना भएको जनाइएको छ ।

कानुन अनुसार ४० प्रतिशत कैद अवधी पूरा भएका र असल चालचलन भएका कैदीलाई बाँकी कैदको सजाय माफी दिन सकिन्छ । सोही प्रक्रिया पूरा गरेर गृहमन्त्रालयले मन्त्रिपरिषदमा प्रस्ताव लगेको थियो । ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोग लागेका ढुंगेलले द्वन्द्वकालमै ७ वर्ष जेल परेका थिए ।

शान्ति प्रक्रियापछि सर्वोच्च अदालतले ढुंगेललाई सर्वस्वसहित जन्मकैदको सजाय तोकेको थियो । ढुंगेललाई माफी दिन लागिएको बिरोधमा सर्वोच्च अदालतमा परेको रिटमाथि सुनुवाई जारी छ । अदालतले सोमवारमात्र ढुंगेललाई माफी दिने निर्णयको सक्कल प्रति मागेको थियो ।

प्रकाशित : १५ जेष्ठ २०७५, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह