Logo

बैंक / बिमा /शेयर

अमेरिकी डलरको भाउ घट्यो, यस्तो छ अन्य मुद्राको विनिमयदर


GDP नेपाल
   ४ बैशाख २०८२, बिहिबार


काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आज अमेरिकी डलर एकको खरिद दर १३७ रुपैयाँ ७९ पैसा र बिक्रीदर १३७ रुपैयाँ ३९ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिदर १५५ रुपैयाँ ५१ पैसा र बिक्रीदर १५६ रुपैयाँ १९ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १८२ रुपैयाँ ३६ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १६७ रुपैयाँ ४६ पैसा र बिक्रीदर १६८ रुपैयाँ १९ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ २० पैसा र बिक्रीदर ८७ रुपैयाँ ५८ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ३० पैसा र बिक्रीदर ९८ रुपैयाँ ७४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रुपैयाँ १३ पैसा र बिक्रीदर १०४ रुपैयाँ ५९ पैसा निर्धारण गरिएको छ।

यस्तै, जापानी येन १० को खरिददर नौ रुपैयाँ ५९ पैसा र बिक्रीदर नौ रुपैयाँ ६३ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ७२ पैसा र बिक्रीदर १८ रुपैयाँ ८१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६१ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६९ पैसा कायम भएको छ ।

युएई दिराम एकको खरिददर ३७ रुपैयाँ २४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ०१ पैसा र बिक्रीदर ३१ रुपैयाँ १५ पैसा तोकिएको छ ।

प्रकाशित : ४ बैशाख २०८२, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह