काठमाडौं । चालू आर्थिक वर्षको ९ महिनामै मुलुकको निकासी व्यापार २ खर्ब नजिक पुगेको छ ।
भन्सार विभागका अनुसार चैत मसान्तसम्म नेपालले १ खर्ब ८८ अर्ब १९ करोड रुपैयाँ बराबरको निर्यात गरेको छ ।
अघिल्लो चैतसम्म १ खर्ब १३ अर्ब रुपैयाँ बराबरको निकासी गरेको नेपालले यस अवधिमा ६५.१६ प्रतिशतले निर्यात बढाएको हो ।
विभागका अनुसार कूल वैदेशिक व्यापार १६.८९ र आयात व्यापार १२.१८ प्रतिशतले बढ्दा निकासीले छलाङ मारेको हो ।
कूल वैदेशिक व्यापार १४ खर्ब ९७ अर्ब पुग्दा आयात १३ खर्ब ९ अर्ब पुगेको छ भने व्यापारघाटा ११ खर्ब २१ अर्ब पुगेको छ । व्यापारघाटा ६.४५ प्रतिशतले बढेको हो ।
वैदेशिक व्यापारमा निर्यातको हिस्सा अघिल्लो चैतमा ८.८९ प्रतिशत रहेकोमा चालू आवमा १२.५७ प्रतिशत पुगेको छ ।










प्रतिक्रिया