Logo

कर्पोरेट-बजार

इँटा उद्योगहरुलाई व्यवस्थित र वातावरणमैत्री बनाउन समझदारी


GDP नेपाल
   १६ बैशाख २०८२, मंगलबार


काठमाडौं । नेपालका इँटा उद्योगहरुलाई व्यवस्थित र वातावरणमैत्री बनाउने उद्देश्यले कोरिया र नेपालका विभिन्न संस्थाहरुबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

रिजर्भ कार्बन कम्पनी लिमिटेड, कोरिया वेस्टर्न पावर कम्पनी लिमिटेड, एनएच इन्भेस्टमेन्ट एण्ड सेक्युरिटीज कम्पनी लिमिटेड, आइएनएनओ सिएसआर कम्पनी लिमिटेड र स्थानीय नगरपालिका, नेपाल निर्माण व्यवसायी संघ, व्यक्तिगत इँटाभट्टा र वातावरणमैत्री निर्माण सामग्री उत्पादक संघ नेपाल बीचको आधिकारिक समझदारी पत्र हस्ताक्षर भएको हो ।

मंगलबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि उक्त कम्पनीहरु बीच आधिकारिक समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

यो सम्झौता पत्रले नेपालमा कम कार्बन उत्सर्जन गर्ने वातावरणमैत्री इँटा उत्पादनको लागि अन्तर्राष्ट्रिय न्यूनीकरण परियोजना सहकार्यमा एक महत्वपूर्ण कोसेढुङ्गा बन्ने अपेक्षा गरिएको छ ।

यस्तो समझदारीले कम कार्बन भएका इँटा उत्पादन प्रविधिहरूमा संक्रमणलाई सहज बनाउन, दिगो निर्माण अभ्यासहरूलाई प्रवद्र्धन गर्न र विश्वव्यापी जलवायु प्रतिबद्धताहरूमा योगदान पुर्याउने अपेक्षा गरिएको छ । वातावरणमैत्री इँटा उद्योगहरुको स्थापनामा कोरियन कम्पनीहरुले सहयोग गर्ने जनाएका छन् ।

प्रकाशित : १६ बैशाख २०८२, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह