Logo

कर्पोरेट-बजार

शिवम् सिमेन्ट्सले कमायो ४० करोड खुद नाफा


GDP नेपाल
   ३० बैशाख २०८२, मंगलबार


काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ४० करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

गत वर्षको यसै वधिको तुलनामा कम्पनीको नाफा ९६.०८ प्रतिशतले धेरै हो । गत वर्ष कम्पनीले २० करोड ४२ लाख रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीको सञ्चालन आम्दानी १०.०१ प्रतिशतले घटेर ५ अर्ब ३९ करोड रुपैयाँमा आएको छ । अन्य आम्दानी पनि २७.१० प्रतिशत घटेर १२ करोड ६४ लाख रुपैयाँमा सीमित भएको छ । बिक्री लागत १६।०६ प्रतिशतले घटाएको छ भने बिक्री तथा वितरण खर्च ९.०४ प्रतिशतले घटाएको छ ।


कम्पनीको चुक्ता पुँजी ५ अर्ब ४५ करोड ६८ लाख रुपैयाँ र जगेडा कोषमा ३ अर्ब ४६ करोड रुपैयाँ रहेको छ । यसको सेयर प्रिमियममा ९५ करोड ६२ लाख रुपैयाँ रहेको छ ।

प्रतिसेयर आम्दानी ४.३७ रुपैयाँले बढेर ९.७९ रुपैयाँ पुगको छ । प्रतिसेयर नेटवर्थ भने १८१.१० रुपैयाँ रहेको छ ।

प्रकाशित : ३० बैशाख २०८२, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह