काठमाडौं । जेसीआई नेपाल बिजनेश एक्याडेमी २०२५ भव्य रूपमा सम्पन्न भएको छ। इन्द्रपुर जेसीजको आयोजनामा जेठ ७ गतेदेखि १० गतेसम्म विराटचोकस्थित नेपारलिका होटलमा आयोजित सो समारोहमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की प्रमुख अतिथिको रूपमा सहभागी थिए। कार्यक्रमको अध्यक्षता नेपाल जेसीज २०२५ का अध्यक्ष जेसी राजनी थापाले गरेकी थिइन ।
३ दिनसम्म सञ्चालन भएको सो कार्यक्रममा नेपालभरबाट ६८ जना सहभागीहरूको उपस्थितिमा सम्पन्न भएको हो। सहभागीहरूलाई प्रमुख प्रशिक्षक निशा चन्दक, सहायक प्रशिक्षक अनुप मुन्दडा र सहायक प्रशिक्षक किरण केसीले प्रशिक्षण दिएका थिए ।
कार्यक्रमको समापन समारोहमा कोशी प्रदेश सांसद तथा नेपाली कांग्रेस पार्टीकी प्रमुख सचेतक शोभा चेम्जोङ प्रमुख अतिथिका रूपमा सहभागी थिइन । उक्त अवसरमा नेपाल जेसीजकी राष्ट्रीय अध्यक्ष सेनेटर राजनी थापा, राष्ट्रीय महासचिव विकेशलाल श्रेष्ठ, प्रमुख प्रशिक्षण आयुक्त राजाराम गौतम, साथै निरुपित राष्ट्रीय उपाध्यक्ष उज्वल काबरा र राष्ट्रिय कार्यकारी उपाध्यक्षको उपस्थिति रहेको थियो।
आतिथ्य शाखाका अध्यक्ष जेसी आकाश दुलालले कार्यक्रमको समापनमा आगामी दिनमा सहभागीहरूको व्यवसाय अझ प्रभावकारी र दक्ष रूपमा सञ्चालन गर्न सक्षम हुने विश्वास व्यक्त गरे । मुख्यमन्त्री कार्कीले उद्घाटन समारोहमा सम्बोधन गर्दै यस्ता कार्यक्रमहरू नेपाल जेसीजले निरन्तर सञ्चालन गर्नुपर्ने बताए र आफू तथा सरकार सधैं साथमा रहने प्रतिबद्धता व्यक्त गरेका थिए ।








प्रतिक्रिया