काठमाडौं । पाकिस्तानको हबिब बैंकले आफ्नो स्वामित्वमा रहेको हिमालयन बैंकको संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले आफ्नो स्वामित्वमा रहेको २ करोड ८० लाख १२ हजार ४४७.४५ कित्ता सेयर बिक्री गर्ने भएको हो ।
उक्त सेयर खरिद गर्न इच्छुक बैंकका अन्य संस्थापक सेयरधनीले ३५ दिन भित्र हेरिटज प्लाजा, कमलादी, काठमाडौंमा के कति सेयर खरिद गर्ने सोको व्यहोरा खुलाइ आवेदन दिनसक्ने छन् ।
सेयरको न्यूनतम भाउ ११२.८० रुपैयाँ तोकिएको छ ।
तोकिएको अवधिमा संस्थापकबाट आवेदन नपरेमा सर्वसाधारणलाई सेयर बिक्री खुला गरिने बैंकले जनाएको छ ।










प्रतिक्रिया