Logo

बैंक / बिमा /शेयर

गुडविल फाइनान्सको संस्थापक शेयर बिक्रीमा


GDP नेपाल
   १७ असार २०८२, मंगलबार


काठमाडौं । गुडविल फाइनान्स लिमिटेडले आज देखि आफ्नो संस्थापक शेयर बिक्रीमा राखेको छ ।

कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरुका लागि १ लाख कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो । शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको मितीले ३५ दिनभित्र काठमाण्डौंको हात्तिसारमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आफुले खरिद गर्न चाहेको दर उल्लेख गरी आवदेशन पेश गर्नुपर्ने छ ।

निर्धारित मितिभित्र शेयर खरिदका लागि कुनै पनि आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीलाई शेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।

प्रकाशित : १७ असार २०८२, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह