Logo

राजनीति

पर्यटन विकासका लागि आत्मनिर्भरता र पूर्वाधार चाहिन्छ: प्रधानमन्त्री ओली


GDP नेपाल
   २३ असार २०८२, सोमबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा पर्यटन क्षेत्रको विकासका लागि पूर्वाधार निर्माण र आत्मनिर्भरताको आवश्यकता औँल्याएका छन् ।

‘नेपालमा पर्यटनः अवस्था, चुनौती र सम्भावना’ विषयक राष्ट्रिय गोष्ठीमा सोमबार बोल्दै प्रधानमन्त्री ओलीले पर्यटन क्षेत्रको नेपालमा अपार सम्भावना रहेको बताउँदै त्यसतर्फ ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिएका हुन् ।

उनले भने, ‘पर्यटन क्षेत्रको विकासका राम्रा सम्भावनाहरू नेपालमा छन्, त्यसमा हामीले ध्यान दिनुपर्छ । साइकल चढेर कोही आउँदैन, जहाज चाहिन्छ । राम्रा विमानस्थलहरू चाहिन्छन्, राम्रा विमानहरू चाहिन्छन्, विमान चढ्ने वातावरण चाहिन्छ । टुरिजम फस्टाउन पर्यटनमैत्री वातावरण चाहिन्छ ।’

उनले नेपालका नागरिकलाई पौरखी जनशक्ति भन्दै विदेशिएका तीन लाख नेपालीहरूलाई उदाहरण स्वरूप प्रस्तुत गरे ।

‘कामकै लागि तीन लाख मान्छे बाहिर छन्, काम गर्ने जाति हो भनेर नेपालीहरू दुनियाँमा प्रसिद्ध छन्,’ उनले भने ।

प्रधानमन्त्री ओलीले विकासका लागि आत्मनिर्भरता अपरिहार्य रहेको उल्लेख गर्दै चीनको उदाहरण प्रस्तुत गरे  ।

‘अरूले सहयोग गरेनन् भन्ने हो भने चीन जत्रो देश, जुन देशका जनतालाई एक छाक खाना खाने सहयोग कसैले गर्न सक्दैन, डेढ अर्ब जनसंख्यालाई कसले खुवाउनेरु त्यस्तो देशले विकास कसरी ग‍र्यो ? आफ्नै पौरखले विकास भएको हो,’ उनले भने ।

उनले नेपालको विकास पनि बाह्य सहयोग मात्रले सम्भव नहुने र आफ्नै मेहनत, नीति तथा स्रोतसाधनको भरमा अगाडि बढ्नुपर्ने धारणा व्यक्त गरे ।

प्रकाशित : २३ असार २०८२, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह