काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष भवानी राणालाई यूरोपियन इन्टरनेशनल युनिभर्सिटीले मानार्थ विद्यावारिधी उपाधि प्रदान गरेको छ ।
मलेसियामा आयोजितक एक समारोहमा अध्यक्ष राणालाई यस्तो उपाधि प्रदान गरिएको हो ।
राणालाई यूरोपियन इन्टरनेशनल युनिभर्सिटीले ग्लोबल लिडरसीप इन बिजनेस म्यानेजमेन्ट विषयमा यो उपाधि दिएको हो ।
तीन वर्षअघि महासंघ नेतृत्वमा पुगेकी राणा निजी क्षेत्रको सर्वोच्च पदमा पुग्ने पहिलो महिला व्यवसायी हुन् । आगामी चैतदेखि उनको कार्यकाल सम्पन्न हुँदैछ ।
प्रतिक्रिया