काठमाडौं । नेपाल राष्ट्र बैंकले कोरोना भाइरसको संक्रमणको कारणबाट असर पर्नसक्ने सम्भावित क्षेत्रहरु पहिचान गरी सुविधा उपलब्ध गराउने भएको छ । केन्द्रीय बैंकले यस्ता क्षेत्रहरुमा प्रवाह भएको कर्जामा पुनरकर्जा सुविधा र पुनरसंरचना तथा पुनरतालिकीकरणको व्यवस्थाहरुमा आवश्यकता अनुसार पुनरावलोकन गरिने जनाएको छ ।
चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा केन्द्रीय बैंकले यस्तो व्यवस्था गर्ने जनाएको हो । राष्ट्र बैंकको यस्तो नीतिबाट होटल व्यवसायलगायत पर्यटन उद्योग तथा अन्य औद्योगिक र व्यावसायिक क्षेत्र प्रत्यक्ष लाभान्वित हुनेछन् ।
प्रतिक्रिया