Logo

Banner-news

प्रहरीले पसल बन्द गर् भन्छ; वाणिज्यले आपूर्ति सहज बनाऊ भन्छ, हामी के गर्ने ?


GDP Nepal
   १६ चैत्र २०७६, आइतबार


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ वागमती प्रदेशले सरकारी निकायबीचको समन्वय अभावका कारण लकडाउनका बेला आम उपभोक्तालाई दैनिक उपभोग्य वस्तु सहज रुपमा उपलब्ध गराउन कठिन बनेको गुनासो गरेको छ । महासंघका अध्यक्ष दिनेश श्रेष्ठले जारी गरेको विज्ञप्तिमा प्रहरी प्रशासन पसल बन्द गर्ने गराउने र अर्को निकाय दैनिक उपभोग्य बस्तु आपूर्ति सरल र सहज गर्न उद्योग व्यवसाय सञ्चालन गर्न निर्देशन दिने दोहोरो अवस्था रहेको बताएका छन् ।

संघले आपूर्ति व्यवस्था सहज बनाउन सरकारलाई तीन बुँदे सुझाव पनि दिएको छ । जसमा सरकारी निकायबीच समन्वयका साथै समान कार्य दिशा जरुरी रहेको उल्ल्ेख छ ।

विश्व नै प्रकोपको विपत्तिमा रहेको वर्तमान अवस्थामा सरकारलाई साथ दिई जारी निर्देशनहरु कार्यान्वयन गर्नु निजी क्षेत्रबाट सघाउनु र यो विपत्तिको असरबाट सबैलाई जोगाउन र जोगिनकालागि आ(आफ्नो क्षेत्रबाट सहयोग गर्नु आजको आवश्यकता भएको संघको ठहर छ।

यस्तै, कोरोना भाइरस संक्रमण फैलिन नदिन गरिएको लकडाउनको अवधिमा अत्यावश्यक बस्तुको सहज आपूर्तिका लागि सरकारबाट स्पष्ट निर्देशन र आवश्यक व्यवस्थाको लागि संघले अनुरोध गरेको छ।

प्रस्तुत छ संघद्वारा जारी विज्ञप्तिमा तीन बुँदे धारणा
१) दैनिक जिवनयापनका लागि अत्यावश्यक औषधी, खाद्यन्न, दूध, तरकारी र ग्यास लगायतका उपभोग्य सामग्री खरीदविक्रीका लागि समय तोकेर हुल हुन नदिई, सुरक्षा निकायको निगरानीमा, विक्रेताको सुरक्षाको समेत स्पष्ट मापदण्ड बनाई विक्री वितरणको व्यवस्था हुन जरुरी रहेको छ ।

२) सरकारी निकायबीच समन्वय अभावमा गृह मन्त्रालय अन्र्तगत प्रहरी प्रशासन पसल बन्द गर्ने गराउने र अर्को निकाय दैनिक उपभोग्य बस्तु आपूत्ति सरल र सहज गर्न उद्योग व्यवसाय संचालन गर्न व्यवस्था गर्ने बीच समन्वय साथ समान कार्य दिशा जरुरी रहेको छ ।

३) प्रदेशका सम्पूर्या जिल्लाहरुमा जिल्ला प्रशासन कार्यालय र जिल्ला उद्योग वाणिज्य संघबीच समन्वय कायम गरी अधिकत्तम सुरक्षाको उपाय अवलम्बन गरी आपूत्ति सरल र सहज गर्ने व्यवस्था हुनु पर्दछ ।

प्रकाशित : १६ चैत्र २०७६, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह